क्यान्सर पीडित मकवानपुरका भुजेल सहयोगको आशमा

२०७५ चैत्र १६,शनिबार १४:५४

मकवानपुर १६ चैत्र । मकवानपुरको बाग्मति गाउँपालिकाका एक क्यान्सर पीडितले सहयोगका लागि आग्रह गरेका छन् ।
बाग्मति गाउँपालिका वडा नम्बर ४ का बुदे भुजेलले सहयोगको लागि आग्रह गरेका हुन् ।

भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराईरहेका उनले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।
पारिवारिक अवस्था निकै कमजोर रहेका उनको उपचारमा धेरै रकम खर्च भईसकेको र थप रकम आवश्यक पर्ने भएकाले सहयोग सहयोग जुटेर उपचारलाई निरन्तरता दिन पाए बाँच्ने आशामा रहेको उनले बताए ।
सहयोग गर्न चाहनेले उनलाई ९८६१९२१५८ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।
प्रश्ट खबरको सहयोगमा