अपडेट : प्रशासनको बजार अनुगमन, म्याद नाघेका बस्तु जफत

२०७५ चैत्र ११,सोमबार १५:०१

मकवानपुर, ११ चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरको टोलीले आज बजार अनुगमन गरिरहेको छ । बजार अनुगमन गरिरहेको टोली बजारबाट अखाद्य पदार्थ फेला पारेको छ ।

बजारमा अखाद्य पदार्थ विक्री नियन्त्रण गर्न मकवानपुर प्रशासनले अनुगमन तीव्र पारेको हो । दुई वटा टोलीले बजार अनुगमन गरिरहेको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले दिएको जानकारी अनुसार, म्याद नाघेका बस्तुहरु जफत गरिएको छ ।

तर, यकिन तथ्याङ्क भने अनुगमन सकिएपछि मात्रै सार्वजनिक गरिने उनले बताए ।

र, यो पनि पढ्नुहोस्

– जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडामा अनुगमन टोली