जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौंडामा अनुगमन टोली

२०७५ चैत्र ११,सोमबार १४:५१

मकवानपुर ११ चैत्र । मकवानपुरको हेटौंडामा रहेका केही पसलहरुले अखाद्य र गुणस्तरहिन सामाग्री विक्रिवितरण गरिहेको भन्ने गुनासो आएपछि अहिले हेटौंडाका पसलमा अनुगमन टोली पुगेको छ । जिल्ला प्रशाशन कार्यालय मकवानपुरको नेतृत्वमा गएको टोलीले विशेषगरी खाद्य पर्दाथ विक्रिगर्ने पसलहरुलाई मध्यनजर गरेर अनुगमन गरिरहेको बुझिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार अहिले बुद्धचोक वरपरका अमिला र दूग्धजन्य पदार्थ विक्रिवितरण गर्ने पसलमा अनुगमन टोली पुगेको छ । उनका अनुसार केही गुणस्तरहिन खाद्य सामाग्री बेच्ने व्यवसायीका सामान समेत जफत गरिएको छ ।

अनुगमन टोलीमा विशेषज्ञसहित हेटौंडा उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, उपभोक्ता हकहित संरक्षण समिति लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।