मकवानपुरको महेन्द्र मा.वि. भीमफेदीमा १५४ जना परिक्षार्थीले दिए एसईई परिक्षा

२०७५ चैत्र ११,सोमबार ११:४८

मकवानपुर ११ चैत्र । मकवानपुर कै पुरानो विद्यालयको रुपमा लिइने महेन्द्र माध्यमिक विद्यायल भीमफेदीमा सोमबार (आज) १५४ जना परिक्षार्थीहरुले परिक्षा दिएका छन् । जसमध्ये ३ वटा गाउँपालिकाको ६ वटा विद्यालयका १४७ जना र क्षेत्रिय कारागार भीमफेदीबाट ७ जना गरि १५४ परिक्षार्थीहरुले परिक्षा दिएका हुन् ।

बत्सलादेवी मा.वि. सिस्नेरीबाट २८ जना, श्री मा.वि. कोगटेबाट १० जना, रुपनारायण मा.वि. बुुढिचौरबाट २२ जना, महालक्ष्मी मा.वि.सुपिङ्गबाट २८ जना, बाराही मा.वि. निबुवाटारबाट ४९ जना र कारागार भीमफेदीबाट ७ जना गरि १५४ जना परिक्षार्थीहरुले परिक्षामा सहभागि जनाएका हुन् ।

उक्त परिक्षामा छात्रा ९४ जना र छात्र ५२ जना परिक्षार्थीहरु रहेका छन् । बाराही मा.वि.का ३ जना परिक्षार्थी अनुपस्थित रहेको साहायक केन्द्राध्यक्ष कृष्ण पोखरेलले जानकारी दिए ।
परिक्षा निरिक्षणको क्रममा भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन कुवर, विद्यालय व्यवस्थापका अध्यक्ष रेशम लामा, केन्द्राध्यक्ष तथा विद्यालय प्रमुख सुरेश प्रसाद गुप्तालगायतले परिक्षामा निरिक्षण गरेका छन् ।