सिन्धुपाल्चोकमा पुनर्निर्माण अन्तिम चरणमा

२०७५ चैत्र ११,सोमबार ०६:११

विनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा ६२ हजार घर पुनर्निर्माण सकिएको छ। भूकम्पको झण्डै चार वर्ष हुँदै गर्दा उक्त संख्यामा नयाँ घर बनेका हुन्।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार डीएलपीआईयू÷जिमाली को तथ्यांकअनुसार झण्डै ७१ प्रतिशत नयाँ घर बनिसकेका छन्। पछिल्लो एक महिनामा मात्रै पाँच हजार घर पुनर्निर्माण भएका हुन्। फागुनसम्म ५८ हजार घर बनेका थिए।

पुनर्निर्माण अभियान थालनी भएको भने बल्ल तीन वर्ष बित्न लाग्दै छ। भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते सबैभन्दा बढी भौतिक क्षति भएको सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियान थालनी गरिएको थियो। चौताराका सर्वे तामाङको घरको जग शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुनर्निर्माण अभियान घोषणा गरेका थिए।

जिल्ला आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले जिल्लाको पुनर्निर्माण सकिन लागेको बताए। ‘पुनर्निर्माण तीव्र छ। यही रफ्तारमा काम भए छिट्टै सकिने अपेक्षा गरेका छौँ,’ उनले भने। भूकम्पबाट मुख्य प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो। तथ्यांकअनुसार १७ हजारभन्दा बढी घर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ भने थप ६ हजार पुनर्निर्माण सुरु भइसकेको छ।

जिल्लामा झण्डै साढे दुई हजार घर मात्र पुनर्निर्माण थाल्न बाँकी रहेको देखिएको छ। गुनासोमार्फत लाभग्राही थपिँदै जाँदा यो संख्या बढेर ८७ हजार ८ आठ सय २८ पुगेको छ। लाभग्राहीमध्ये ८५ हजार तीन सय ७० ९९९ प्रतिशत० ले पहिलो, ७९ हजार चार सय ३२ ९९० प्रतिशत० ले दोस्रो र ६२ हजार ८१ ९७० प्रतिशत० ले तेस्रो किस्ता अनुदान लिइसकेका छन्। गुठी जग्गा, बहुस्वामित्व, सुकुमवासी, विस्थापित, एकल तथा असहाय, वैदेशकि रोजगारीमा रहेका भूकम्प प्रभावितले मात्र घर बनाउन सुरु गर्न नसेकेको आयोजना व्यवस्थापक गुप्ताले जनाए।

आवास निर्माणमा ६९ प्रतिशत खर्च

चालु वर्षमा भूकम्पपीडितका व्यक्तिगत आवास निर्माणमा साढे तीन अर्व रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। जिल्लामा जिमालीमार्फत आवास अनुदानको रकम खर्च हुँदै आएको छ। सिन्धुपाल्चोकका पीडितका आवास निर्माणमा नेपाल सरकारको स्रोत र जापान सरकार सहयोग नियोग ९जाइका० को ऋण सहयोग खर्च गरिँदै आएको छ।