विप्लवलाई हतियार बुझाउन प्रधानमन्त्री ओलीको चेतावनी

२०७५ चैत्र १०,आईतवार १७:०६

काठमाडौं १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई हतियार बुझाउन चेतावनी दिएका छन् । आइतबार संसद बैठकमा हतियार बुझाउन चेतावनी दिँदै प्रधानमन्त्री ओलीले हतियार नबुझाए कसरी खोस्ने सरकारलाई थाहा भएको बताएका छन् ।

उनले सरकारले धेरै पटक आग्रह गर्दा पनि निर्वाचन हुन नदिने, बम पड्काउने, निर्दाेष मान्छे मार्ने, कहि अङ्गभङ्ग गर्ने काम भएको बताए ।

उनले विप्लव समूहले जलविद्युत आयोजना र टेलिकमका टावरमा आगजनी गरेको भन्दै सरकारले छुट नदिने बताए । उनले भने– ‘जलविद्युत आयोेजनमा बम प्रहार गर्ने ? जनताले फोन गर्न नपाउने ? टेलिफोनका टावरहरुमा आगो लगाउने । सरकारलाई लुरुलुरु हतियार बुझाउन आउने हतियार नबुझाए कसरी खोस्ने त्यो सरकारलाई थाहा छ ।’