आज बेलुका ६ बजेदेखि विश्वभर एकसाथ भावातीत ध्यान सुरु हुने

२०७५ चैत्र १०,आईतवार १५:४२

काठमाडौं १० चैत्र । सामूहिक चेतना अभिवृद्धिका लागि आज बेलुकी ६ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरु–चेला रम्पराबाट चल्दै आएको यो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गरेका थिए । भावातीत ध्यान आज बेलुकी ५ बजेदेखि महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ ।

विश्वका करीब एक करोड भावातीत ध्यानीले बिहान बेलुका आफ्नो अनुकूल अनुसार दुईपटक ध्यान गर्ने गरेकामा सामूहिक चेतना अभिवृद्धिका लागि बेला बेलामा एकसाथ ध्यान र सिद्धि कार्यक्रम गरिन्छ । नेपालका ८२ गुरुकूल, एक दर्जन विद्यालय र पाँच ध्यान केन्द्रमा बेलुकी ५ बजेदेखि ध्यान, ५ बजेर २० मिनेटदेखि सिद्धि सुत्र अभ्यास गरिदै आएको फाउण्डेसनले जनाएको छ ।