मुलुकी संहितासम्बन्धी विधेयक २०७५ पेश

२०७५ चैत्र १०,आईतवार १४:५४

काठमाडौं १० चैत्र । प्रतिनिधिसभामा ‘मुुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५ पेश भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त विधेक पेश गरेका हुन् ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘पारमाणविक विधेयक,२०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरे ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक–२०७५’, ‘भू–उपयोग विधेयक–२०७५’, ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक–२०७५’ र ‘विज्ञापन (नियमन गर्ने) विधेयक–२०७५’ टेबुल गरे ।

त्यस्तै सचिव योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारीसहित ‘लेखा परीक्षण विधेयक–२०७५’, ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक–२०७५’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक–२०७५’, ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक–२०७५ सहितको सन्देश बैठकमा जानकारी गराए ।