भूगर्भ राष्ट्रिय फुटबल : आज पुलिस र च्यासलबीच खेल हुने

२०७५ चैत्र ९,शनिबार ११:१६

मकवानपुर ९ चैत्र । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत् आज पुलिस र च्यासलबीच खेल हुने भएको छ ।

सिजनको पहिलो तथा सर्वाधिक नगद राशी भएको खप्तड गोल्डकपको विजेता पुलिस र च्यासल युथ हेटौंडामा जारी प्रतियोगिताको पहिलो खेल खेल्न लागेका हुन् ।

खेल दिउँसो ३ बजे सुरु हुनेछ । हेटौंडा–१० स्थित वनविज्ञन खेल मैदानमा जारी प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश टोलीको सहभागिता रहेको छ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल चैत १६ गते शनिबार हुनेछ ।