मिडिया बिस्तार, डिजिटाइजेशन र जोखिमको पाटो

२०७५ चैत्र ८,शुक्रबार १२:४५

पछिल्लो समम विद्युतीय सञ्चार माध्यमको विकास तीब्र गतिमा भइरहेको छ । मिडियाको विकास हुनु राम्र्रो पक्ष हो । समयको माग भनौं कि प्रविधिको विकास भनौँ अहिले अनलाइन मिडियाको मार्केट उच्च बिन्दुमा रहेको छ । अनलाइन मिडियाले अहिले छापा, रेडियो र टेलिभिजनलाई समेत पछाडि पार्दै अघि बढीरहेको छ ।

टेलिकम्युनिकेशनको क्षेत्रमा भएको विकास, नेपालीहरुमा पनि स्मार्ट मोबाइल बोक्नेको संख्या बढ्दै जानु, फेसबुक, ट्वीटर, ह्वाटसेब जस्ता सामाजिक सञ्जालको लोकप्र्र्रियता बढ्नु र यसतर्फ नेपालीहरुको पहुँचपनि बढ्नुले अनलाइन मिडियालाई लोकप्रिय हुन मद्दत गरिरहेको छ । रेडियो सुन्ने, टेलिभिजन हेर्ने र छापा पढ्नेक्रम बिस्तारै घट्दै गएको हो कि ? यसबारेमा ठोकुवा गर्न त अनुसन्धान नै गर्नु पर्ला । तर, सरसर्ती हेर्दा चाँही हातहातमा रहेका स्मार्ट मोबाइलमा सामाजिक सञ्जाल, अनलाइन मिडिया र यूट्यूब च्यानलमा रमाउने नेपालीहरुको संख्या बढेको देख्न सकिन्छ ।

हाम्र्रो देश कै सन्दर्भ हेर्दा देशमा राणा शासन, पञ्चायती व्यवस्थामा मिडियाको त्यतिबिधि विकास र बिस्तार भएको पाइदैन । त्यतिबेलाका शासनसत्ताले मिडियालाई एक हिसावको बन्देज नै लगाएका थिए । खुलमखुला केही लेख्न नपाइने, लेखेमा जेलनेल हुने अवस्थापनि थियो, त्यो अवस्थाको सामाना गर्ने हाम्र्रा अग्रजहरु अझैपनि हुनुहुन्छ । पछ्र्रिल्लो समय २०४६ को जनआन्दोलनपछि मिडियाको संस्थागत विकास तीब्र गतिमा हुँदै गयो र २०६२/०६३ को आन्दोलन पछि त मिडियाले झनै विकास, बिस्तार हुने मौका पाए ।

शुरुमा छापा माध्यमको प्र्रकाशनले निकै लोकप्रियता कमाएको थियो । घटना भएको एकसातापछि छापामा आउँदा समेत त्यो ताजा र चाखपूर्वक पढिन्थ्यो । पछि रेडियोको यसरी विकास भयो कि छापा माध्यम केही छायाँमा परे कि ? भन्ने जस्तो भयो । तर, रेडियोहरु जुन रुपमा विकास हुनु पर्ने त्यो हिसावले विकास हुन् सकेनन् कि ? यो समीक्षाको विषय हो । कतिपय रेडियो संस्थागत रुपमा विकास हुन सकेनन्, त्यहाँ काम गर्ने क्षमतावान कामदारहरु टिकिरहने अवस्था बन्न सकेन ।

मिडिया सञ्चालकले टिकाउने अग्रसरता देखाएनन् वा परिस्थिति त्यस्तो बनेन् ? योपनि छलफल कै विषय हो । तर, यो भन्न सकिन्छ कि जसरी नेपालमा एफएम रेडियोको बाढी आयो, जुन प्रकारको क्रेज विगतमा थियो, अहिले त्यो छैन । यो पक्का हो । यो कुरा स्वयम् मिडिया मालिकहरु पनि स्वीकार गछ्र्रन् । टेलिभिजनको क्रेज भने अलिअलि छ, तर टेलिभिजनहरुले जुन रुपमा ग्रोथ गर्नु पर्ने हो, त्यो गर्न सकिरहेको देखिदैन । त्यहाँ काम गर्नेहरु पनि सामाजिक सुरक्षाको अवस्था नबन्दा दिक्दार झै देखिन्छन् ।

पछिल्लो समय नेपालमा अनलाइन र यूट्यूब च्यानलको दबदबा जस्तै छ । ती मिडियाहरुले त्यहाँ काम गर्ने पत्रकारलाई पनि राम्र्र्रै पे गरिरहेका छन् । विज्ञापन पनि अनलाइन र यूट्यूबहरुले तानेका छन् । अचेल छापा, रेडियो र टेलिभिजनमा विज्ञापन घटेको देखिन्छ । यो कुरा मिडिया सञ्चालक पनि स्वीकार गर्छन् । छापा, रेडियो र टेलिभिजनमा घटेको बिज्ञापन अनलाइन र यूट्यूब च्यानलतर्फ आकर्षित भएका हुन् कि ? सतप्रतिशत यही हो भनेर ठोकुवा गर्न नसकिए पनि करीब करीब त्यस्तै पो हो कि भन्ने धारणा विकास गर्न भने सकिन्छ ।

नेपालमा मात्र होइन विश्वव्यापी रुप नै अनलाइन मिडियाको क्रेज बढ्दै गएको छ । छापा माध्यम स्थगन गरी अनलाइन माध्यम सञ्चालन गर्ने परिपाटी शुरुवात हुन थालिसकेको छ । सञ्चार क्षेत्रका विज्ञ र वरिष्ठ व्यक्तिहरुपनि अब अनलाइलाइनमा भविश्य देखिरहेका छन् । अबको युग पक्कापनि डिजिटाइजेशन कै हो । विश्वव्यापी रुपमा देखिएको यही परिवेशको प्रभाव नेपालमा परेको हो भन्ने कुरामा पक्कापनि दम छ । यो कुरा उल्लेख गरिरहँदा छापा र रेडियो तथा टेलिभिजनको युग अब सकियो, यिनीहरुको प्र्रभाव नै छैन, लोकप्र्रियता नै छैन वा अस्थित्व नै छै्रन भन्न खोजिएको पक्कापनि होइन ।

तर, अहिलेको अवस्थामा अनलाइन मिडिया र यूट्यूब च्यानलहरुले अरुहरुलाई पनि सोच्न बाध्य बनाइरहेका छन्, यो चाँही सत्य हो । यस्तो जमानामा पनि थियो, जुनबेला लेटर प्र्रेसमा फलामका अक्षरले पत्रपत्रिका छापिन्थे । पत्रकारिता पढ्ने स्कूल÷कलेज थिएनन् । पत्रपत्रिका लेखिएका समाचार हेरेर, पढेर समाचार लेख्न सिक्ने र सिकाउने गरिन्थ्यो । मोफलसमात्र होइन राजधानीको अवस्थापनि झण्डै उस्तै थियो । समाचार हातले लेखेर, स्टिल फोटो धुलाएर स्टीच गरेर खाममा हाली काठमाण्डौका अखबारहरुमा खपाएको अनुभव हाम्र्र्र्रै्र पुस्तासँग पनि छ । फ्याक्सबाट समाचार पठाएको अनुभव पनि ताजा नै छ । तर, प्रविधिको विकासले अहिलेको अवस्था फेरिएको छ । लेटर प्रेस बिस्थापित भएर अहिले अफसेटमा पत्रिका छापिन्छन्, अब हुलाक र कुरियरबाट समाचार पठाउने होइन, इन्टरनेटको प्र्र्रयोग गरी इमेल एकैछिनमा पठाउन सकिने भएको छ । शिक्षाको विकास भएको छ ।

अब लर्निङ बाई डुइङ मात्रै होइन, औपचारिक रुपमा पत्रकारिता पढेर पनि सिक्न सकिन्छ । पत्रकारिताको औपचारिक शिक्षा लिएर पत्रकारितामा जमेका जमात पनि बढ्दै गएका छन् । यो पुस्ता निराश छ भन्न सकिन्न, किनभने पत्रकारितातर्फको आकर्षण छैन भन्न सकिन्न । केही समय अघि जुन प्र्रकारको आकर्षण थियो, त्यो छै्रन होला । तर, आकर्षण नै छै्रन भन्ने चाहीँ होइन ।

पत्रकारिताको विकास र बिस्तारसँगै जोखिम पनि बढ्दै गएको आभाष हुन थालेको छ । फेरिपनि अनलाइन र यूट्यूब च्यानलहरु कै कुरा गरौं । पत्रकारितालाई पैसा कमाउने भाँडो त बनाउन थालिएको होइन ? पत्रकारिताको सामान्य ज्ञानसम्म नभएकाहरु पनि अनलाइन चलाइरहेका छन्, यूट्यूब च्यानल चलाइरहेका छन् । सामान्य प्रबिधिको जानकार भएर मात्र पत्रकार बन्न सकिंदैन, यो कुरा बुझ्नु जरुरी छ । केही घटना भइहाल्यो, कोही समस्यामा पर्यो भने अनलाइन र यूट्यूब च्यानवालाहरु क्यामरा लिएर पुगिहाल्छन् । भ्युअर बढ्छन् भन्ने बहानामा जस्तोपनि भिडियो खिच्छन् र अपलोड गर्छन् । एउटा भिडियो चल्यो भने कुनै समस्याको बारेमा कति हुन् कति च्यानलबाट अन्तरवार्ता लिन पुग्छन्, त्यसले गर्दा पीडामा परेको व्यक्ति थप पीडामा त परेको छैन ? यो कुरा सोच्नु पर्छ कि पर्दैन ?

पत्रकारितामा एक खालको जोखिमपनि छ । समाचार लेखेकै कारण पत्रकारमाथि हातपात भएको छ, अपहरण÷वेपत्ता पारिएको छ र हत्या समेत भइरहेका छन् । त्यसकारण पत्रकारको सुरक्षाको सवाल यतिखेर गम्भीर रुपमा उठ्नु जरुरी छ । पत्रकारितालाई अरु क्षेत्रमा केही गर्न नसकेपछि अपनाइने पेशाका रुपमा विकास गरियो भने पनि यस्ता खालका जोखिम बेलाबखत आउन सक्छन् । पाठक तान्ने, भ्युअर बढाउने नाममा छापिने, प्र्रशारण हुने वा अपलोड गरिने अपवाह फैलाउने खालेका समाचार भनिने असमाचारहरुले जोखिमलाई निम्ता दिइरहेका छन् । त्यसकारण चाहे छापा होस्, रेडियो, टेलिभिजन वा पछिल्लो समय हटकेक कै रुपमा रहेका अनलाइन र यूट्यूब च्यानलहरुलाई व्यवस्थित बनाउनेतर्फ नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल जस्ता संस्थाहरुले पनि गम्भीर खालको गृहकार्य थाल्नु अवस्था छ ।

मिडियाको विकास र बिस्तारलाई स्वागत गरौं, अबको युग डिजिटाइजेशन कै हो, यसलाई स्वीकार गर्दै अघि बढ्नुको बिकल्प छैन । मिडिया सञ्चालकहरुले पत्रकारको सामाजिक सुरक्षाको सवालमापनि ध्यान दिनु जरुरी छ । र, मुख्य सवाल चाँही यो पेशा गर्दा पर्न सक्ने जोखिम र आउने अप्ठ्यारो पाटोलाई बेलैमा विचार गर्नु पर्छ । किनकी बाँचेर पत्रकारिता गर्ने हो, मरेर पत्रकारिता गर्न र समाजलाई सत्यतथ्य समाचार पस्कन सकिदैन, हैन र ?