एसइई परिक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण

२०७५ चैत्र ८,शुक्रबार १२:१८
एसईई परीक्षा

मकवानपुर ८ चैत्र । यही चैत्र १० गतेदेखि सुरु हुने एसइई परीक्षाको लागि मकवानपुरमा २४ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ हेटौंडाले जनाएको छ ।

१० गतेदेखि सुरु हुने परिक्षाको लागि मकवानपुरबाट ५ हजार ९ सय ७७ जना विद्यार्थी सहभागी हुने भएको छ । सहभागी हुने विद्यार्थी मध्ये प्राविधिकतर्फ १ सय ४८ जना र ग्रेड वृद्धितर्फ ६७ जनाले परीक्षा दिने जनाइएको छ ।