भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल : आज एपिएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने

२०७५ चैत्र ८,शुक्रबार ११:०३

मकवानपुर ८ चैत्र । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत् आज सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । बिहिबारबाट हेटौंडा–१०, वनविज्ञान खेल मैदानमा सुरु भएको फुटबल प्रतियोगिता आज दिउँसो ३ बजे शुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आठवटा ए डिभिजन टोलीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछ ।

बिहिबार उद्घाटन खेलमा मछिन्द्र क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर ११ विजयी सुरुवात गरेको छ ।