साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छ : प्रधानमन्त्री ओली

२०७५, ७ चैत्र बिहीबार १३:१२

काठमाडौँ, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन् ।

‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को शेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएकमा हुन् ।

प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे ।