होलीको दिन बन्दुक देखाउँदै १२० तोला सुन लुटपाट

२०७५, ७ चैत्र बिहीबार १२:३३

सिन्धुली ७ चैत्र । कमलामाई नगरपालिका–६ स्टलबजारमा होलीका दिन सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले १२० तोला सुन लुटेको छ ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो सो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारवाही गर्न माग गरे ।

घटनाको बारेमा थप आवशयक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।