दुर्घटनामा दुईको मृत्यु

२०७५, ७ चैत्र बिहीबार ११:२७

काठमाडौँ, ७ चैत्र । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठ रहेका छन् । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । होलीमा बुधबार मात्र काठमाडौँ उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए ।