होलीको अवसरमा बाल गृहलाई खाद्यान्न सहयोग

२०७५ चैत्र ७,बिहीबार १०:५७

मकवानपुर ७ फागुन । होलीको अवसरमा नेपाल अटो तथा ई–रिक्सा व्यवसायी संघ, मकवानपुरले बाल गृहलाई खाद्यान्न सहयोग गरेको छ । संघले हेटौँडा उपमहानगरपालिका ५ स्थित ग्रामीण जीवन स्तर सुधार मञ्चले सञ्चालन गर्दै आएको हाम्रो घर, बाल गृहलाई खाद्यान्न सहयोग गरेको हो ।

संघले होली पर्व हर्षाल्लासका साथ मनाउन सहयोग पुगोस् भनेर सहयोग गरेको जनाएको छ । चामल, दाल, चिनी, चिउरा, नुन, तेल, बिस्कुटलगायतका खाद्यान्न सहयोग प्रदान गरिएको संघका महासचिव नवराज घिमिरेले जानकारी दिए ।

सहयोग प्रदान कार्यक्रममा अटो तथा ई–रिक्सा व्यवसायी संघ अध्यक्ष भीमप्रसाद गौतम, उपाध्यक्षहरु मनोज लामिछाने र बद्रिप्रसाद ढकाल, कोषाध्यक्ष बसन्तकुमार न्यौपाने, कार्य समिति सदस्य विकास लम्साल, विपना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।