तु–खबर डटकमद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित

२०७५ चैत्र ५,मंगलवार १८:१०

मकवानपुर ५ फागुन । तु खबर डटकमले आफ्नो वार्षिक उत्सवको अवसरमा समाजमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

तु–खबर डटकमले वरिष्ठ पत्रकार कौशल पाण्डे, स्तम्भकार आनन्दराम पौडेल, अग्रज पत्रकारहरु कृष्णराम परियार, कमल अधिकारी, साहित्य क्षेत्रमा अनन्त पौडेल, राजनितिक क्षेत्रमा ‘माइकल’ रामचन्द्र अर्याल र प्रकाशचन्द्र पाण्डे, कृष्ण प्रधान र स्थापनाकालदेखि अनलाईनलाई स्तरिय बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा निवर्तमान कार्यकारी सम्पादक चन्द्र घलानलाई सम्मान गरेको हो ।

सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेश तिमल्सिनाले सञ्चारमाध्यमलाई आफुले सधै उच्च प्राथमिकतामा राख्ने गरेको र सोही कारण आज यस तु–खबरको वार्षिक उत्सव कार्यक्रममा सामेल हुन आएको बताए । कार्यक्रममा बोल्दै उनले भने ‘आमसञ्चार माध्यमले जहिले पनि जिम्मेवार भएर समाचार सम्प्रेषण गुर्नपर्ने र मुलुकको समृद्धिमा मिडियाको महत्वपूर्ण भुमिका रहने गरेको छ ।’