जागरण तु खबर पत्रकारिता पुरस्कार प्रदान

२०७५, ५ चैत्र मंगलवार १७:१०

मकवानपुर । तु खबर डटकमले आफ्नो वार्षिक उत्सवको अवसरमा चार जना पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गरेको छ ।

जागरण तु खबर अग्रज पत्रकार पुरस्कारबाट पत्रकार ऋषि धमला, जागरण तु खबर समकालिन पत्रकार पुरस्कारबाट शिवकुमार काशी, तु खबर अनलाइन पत्रकारिता पुरस्कारबाट अनलाइन खबरका रविन्द्र घिमिरे र तु खबर रेडियो प्राविधिक पत्रकारिता पुरस्कारबाट दर्शन क्षेत्री पुरस्कृत भएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेश तिमल्सिनाको हातबाट पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरिएको हो । पुरस्कृतहरुको तर्फबाट पत्रकार ऋषि धमलाले बोलेका थिए ।