तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव सम्पन्न

२०७५, ५ चैत्र मंगलवार १६:५७

मकवानपुर ५ फागुन । स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । तु–खबर डटकमको प्रधानसम्पादक तथा अध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेश तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश नं.३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, राष्ट्रियसभा सदस्य रामनारायण बिडारी, रामचन्द्र राई प्रदेश सभा सदस्य कुमारी मोक्तान, संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्ट, पत्रकार ऋषि धमलालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ ३ नं. प्रदेशका अध्यक्ष प्रताप बिष्ट, थाहानगरपालिकाका मेयर लबशेर बिष्ट, उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघका अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको उपस्थिति थियो ।