दिगो विकास समितिले पहिलो चरणमा तीन प्रदेशस्तरमा अनुगमन गर्ने

२०७५, ३ चैत्र आईतवार १५:३४

काठमाडौं, ३ चैत्र । दिगो विकास लक्ष्य तथा सुशासन प्रवद्र्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ ।

त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ । समितिको आईतबारको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय भएको सभापति तारादेवी भट्टले जानकारी दिईन् ।

अनुगमनका क्रममा प्रदेश सरकारका दिगो विकास र सुशासनसँग सम्बन्धित विषयमा काम गर्ने मन्त्रालय एवं विभागका अधिकारीको सहभागिता रहने जनाइएको छ ।