वर्डफ्लुको विषयमा अझै कुरा मिलेन, जिल्ला प्रशासन कार्यालयमा छलफल जारी

२०७५ चैत्र १,शुक्रबार १५:१२

मकवानपुर १ चैत्र । कुखुरालाई लाग्ने रोड (बर्डफ्लु) हेटौंडा ७ मा देखिएको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अहिले उक्त क्षेत्रका कुखुरालाई के गर्न भन्ने विषयमा छलफल भईरहेको छ । प्रभावित क्षेत्रमा चारकिल्ला लगाएर कुखुरा निर्यातमा रोक समेत हिजोनै लगाईसकिएको छ ।

छलफलमा मकवानपुर कुखुरा व्यवसायी संघ, पशुसेवा विभाग, काठमाण्डौँका प्रतिनिधि तथा जिल्लाका कुखुरा ब्यवसायी र उपभोक्तावादी संघसस्थाका प्रतिनिधिहरुको बैठकमा अहिले चर्काचर्की भईरहेको छ । छलफलमा के निर्णय भयो त भन्ने तु खबरको प्रश्नमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले छलफलमा क्षतिपुर्तीको विषयमा विवाद भईरहेको र छलफल जारी रहेको बताएका छन् ।

केन्द्रीय पशु विभागका बरिष्ट पशु चिकित्सक डाक्टर रामकुमार कार्कीले राज्यले तोकेको भन्दा आफुहरुले धेरै क्षतिपुर्ति दिन नसक्ने बताएपछि विवाद भएको हो ।

बैठकमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कसरी हुन्छ विवादलाई मलिाएर जनस्वास्थ्य तथा किसानलाई मार नपर्ने निर्णय गर्नुपर्नेमा आफ्नो पहल हुने बताएका छन् । बैठकमा कुखुरा मार्ने या उच्च निगरानीमा राख्ने भन्ने विषय समेत उठान भएको छ ।