बर्ड फ्लू देखिएको ठाउँको चार किल्ला सिज हुँदै

२०७५ फाल्गुन ३०,बिहीबार १८:०५

मकवानपुर, ३० फागुन । जिल्ला प्रशासन कार्यालय, भेटेनरीका प्राबिधिक र प्रहरीको टोलिले बर्ड फ्लू देखिएको किसानको खोरलाई केन्द्र बिन्दु मानेर त्यसको चार किल्लामा सिज गर्ने भएको छ ।

अहिले नै सिज गर्ने गरि प्रहरीसहितको टोलि हेटौंडा ७ मा रहेको किसान कुल प्रसाद चौलागाईंको खोर तर्फ गएको छ ।

अवस्था पहिचान गरि चार किल्लाबाट कुखुरा, अण्डा बाहिर लैजान रोक लगाउने गरि सिज हुने छ । तर, स्रोतका अनुसार रोग लागेका कुखुरा सेटिङमा बजार पठाइसकिएको छ ।