बम विष्फोटमा संलग्न भएको आशङ्कामा पक्राउ

२०७५ फाल्गुन ३०,बिहीबार १७:३५

चितवन, ३० फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।

विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सातलाई साधारण तारेखमा छोडिएको र अन्य तीनलाई थप अनुसन्धानका लागि राखिएको छ ।

आज थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको छ ।