मकवानपुरमा बर्ड फ्लूको पुष्टि

२०७५, ३० फाल्गुन बिहीबार १६:४६

मकवानपुर, ३० फागुन । मकवानपुरमा बर्ड फ्लू देखिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले यस सम्बन्धमा भर्खरै आपतकालिन बैठक राखेका
छन् ।

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख चेत नारायण खरेलले मकवानपुरमा बर्ड फ्लू देखिएको पुष्टि गरेका छन् ।

किसान कुल प्रसाद चौलागाईंको कुखुराको जाँच गर्दा बर्ड फ्लू देखिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा अहिले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक भइरहेको छ । उपभोक्ता अधिकारकर्मी, सुरक्षाकर्मी र प्राविधिकसहितको बैठकले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । बर्ड फ्लु नभएको क्षेत्रमा पनि सचेतता अपनाउन अपिल गरिएको छ ।