हेटौंडा–१ को आयोजनामा सीपमुलक तालिम

२०७५ फाल्गुन ३०,बिहीबार १६:१०

मकवानपुर ३० फागुन । हेटौंडा उपमहानगरपालिका वडा नं. १ कोे आयोजनामा ७ दिने साबुन, सर्फ र हरपिक सम्बन्धी सीपमुलक तालिम सुरु भएको छ । चैत ५ गतेसम्म सञ्चालन हुने तालिमको बुधबार वडा अध्यक्ष सविन न्यौपानेले उद्घाटन गरेका हुन ।

तालिममा हेटौंडा–१, जरुवाटोल र चाइनाक्वाटरका २५ जना महिलाको सहभागिता रहेको छ । वडाको एक लाख १४ हजारको बजेटबाट महिलालाई सीपमुलक तालिम प्रदान गर्न लागिएको हो ।
ललितपुरका प्रशिक्षक लव श्रेष्ठ र प्रदिप भुजेलले तालिममा प्रशिक्षण दिइरहेका छन् ।
वडा सदस्य ईश्वरी सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्वाबलम्बी टोल विकास संस्थाकी जुना मल्ल, टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, दलित वडा संयोजक समिता सुनार रसाइली र प्रशिक्षक लव श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।