हामी सक्छौं नेपालद्वारा बोर्ड तथा रजिस्टर वितरण

२०७५, ३० फाल्गुन बिहीबार १५:४९

मकवानपुर ३० फागुन । बकैया गाउँपालिकामा टोल विकास संस्था गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हामी सक्छौं नेपालको आयोजना तथा बकैया गाउँपालिकाको समन्वय तथा सहकार्यमा टोल विकास संस्था गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गठित टोल विकास संस्थालाई बोर्ड तथा रजिस्टर वितरण गरिएको छ । हामी सक्छौ नेपाल (उई क्यान नेपाल) का अध्यक्ष शिबहरी दहालको अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेको विशेष अतिथिमा भएको कार्यक्रममा वडा न ४ का अध्यक्ष राजन दगाल, लेखा साखा प्रमुख रमा कार्की र विभिन्न टोल विकास समितिका अध्यक्षहरुको उपस्तिथि रहेको थियो ।