आज केही स्थानमा हल्का वर्षाकोे सम्भावना

२०७५ फाल्गुन ३०,बिहीबार १४:१२

काठमाडौं ३० फागुन । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ ।

मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भू–भागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेग बाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।