मकवानपुरको दामनमा अज्ञात समूहद्वारा ट्रकमा आगजनी

२०७५ फाल्गुन ३०,बिहीबार १३:५७

मकवानपुर ३० फागुन । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा पर्ने जंगल क्षेत्रमा अज्ञात समूहले ट्रकमा आगजनी गरेको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकमा रहेको चालक सहित ३ जनालाई ट्रकबाट आरालेर उनीहरुले आगो लगाएका हुन ।

पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर ट्रकमा अगजनी गरेको हो । विप्लवको बन्दको संघारमा भएकोले उनीहरुले नै आगो लगाएको प्रहरीले अनुमान गरेको छ ।