मकवानपुरे कवि अनिता न्यौपानेको कृति ‘फूलको विद्रोह’ चैत २ गते

२०७५, ३० फाल्गुन बिहीबार १२:४५

मकवानपुर । मकवानपुरे कवि अनिता न्यौपानेको कविता सङ्ग्रह फूलको विद्रोह प्रकाशित हुने भएको छ । एक दशकभन्दा लामो समयदेखि मकवानपुरमा रहेर साहित्य सिर्जनामा क्रियाशिल न्यौपानेको फूलको विद्रोह पहिलो कृति हो ।

साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको उपाध्यक्ष रहेकी न्यौपानको कविता सङ्ग्रह काठमाडौंमा रहेको मञ्जरी पब्लिकेशनले प्रकाशित गरेको छ । कृतिको २०७५ चैत २ गते काठमाडौंको नेपाल प्रज्ञा प्रष्तिठानमा विमोचन हुने भएको छ ।

कृति पठनिय र शसक्त रहेकाले प्रकाशित गरिएको मञ्जरी पब्लिकेशनका प्रमुख कृष्ण अविरलले जानकारी दिए । समाजका यावत कुरालाई सचेतता पूर्वक कविता मार्फत कविले व्यक्त गरेकाले पाठकको रोजाइमा पर्ने उनको भनाइ छ ।
कविता सङ्ग्रहको विमोचन साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ९श्यामल० ले गर्ने अविरलले जानकारी दिए । एकसय २१ पृष्ठ रहेको सङ्ग्रहमा ४५ वटा कविता रहेका छन् ।

कविता सङ्ग्रहपछि निबन्ध र उपन्यासको तयारी भइरहेको कवि न्यौपानेले जानकारी दिइन् । निबन्ध सङ्ग्रह अन्तिम तयारीमा रहेको र उपन्यास लेखनकै क्रममा रहेको उनले बताइन् । कविता विमोचन समारोहमा उपस्थितिमा भइ हौसला बढाइदिन कवि न्यौपानेले साहित्यकार तथा साहित्यप्रेमी सम्पूर्णलाई आग्रह गरेकी छिन् ।