हेटौंडामा २ दिने राष्ट्रिय स्तरको हाजिरी जवाफ प्रतियोगिता हुने

२०७५, ३० फाल्गुन बिहीबार ११:५९

मकवानपुर, ३० फागुन । युवा रेडक्रस सोसाईटी हेटौंडा–४ ले २ दिने राष्ट्रिय स्तरको युवा हाजिरी जवाफ प्रतियोगिता हेटौंडामा २ दिने राष्ट्रिय स्तरको हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । हेटौंडामा यही चैत्र ३ र ४ गते प्रतियोगिताको आयोजना गरेको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नवोदय शिशु सदनले प्रायोजन गरेको प्रतियोगीतामा ७७ वटै जिल्लाबाट दुई/दुई जना सहभागी हुने रेडक्रस मकवानपुरका महामन्त्री खेमराज सापकोटाले जानकारी दिए ।

प्रतियोगिताबाट प्रथम हुनेले नगद २५ हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र, दोस्रो हुनेले १५ हजार रुपैयाँसहित शिल्ड मेडर तथा प्रमाणपत्र त्यस्तै तेस्रो हुनेले ५ हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।