आज हेटौंडा आईडलको फाईनल हुने

२०७५ फाल्गुन २९,बुधबार १०:५२
file photo

मकवानपुर २९ फागुन । हेटौंडामा जारी राष्ट्रिय औद्योगिक मेलामा संचालन भईरहेको हेटौंडा आईडलको फाईनल प्रतियोगिता आज हुुने भएको छ । मंगलबार उत्कृष्ट ५ जना प्रतिस्पर्धी छनोट गरिएको र उनीहरुको हिजो मंगलबारको प्रस्तुती अनुसार आज उत्कृष्ट ५ जनाबाट १ जना छनौट गरिने भएको छ ।

निर्णायकको ५० प्रतिशत र मेला अवलोकन कर्ताले दिएको भोटको ५० प्रतिशत निर्णयका आधारमा प्रतियोगिको छनौट गरिँदै आएको आयोजकले जनाएको छ ।

आईडलको उत्कृष्ट ५ मा सुसन शाह ठकुरी, विजय लामा , सुसाल तामाङ , दीपक कालिराज , भुवन घलान छनोट भएका छन् । उनीहरु मध्येबाट आज १ जना विजेता बन्ने छन् ।

आइडलमा प्रथम हुनेले नगद ३५ हजार, ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट, द्धितिय हुनेले नगद २५ हजार, ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार र ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट प्राप्त गर्ने छन् ।

प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आइडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुबई) को आउने जाने टिकटको व्यवस्थासमेत गरिएको छ ।