मकवानपुरगढीमा बस दुर्घटना, २ जनाको मृत्यु ५ गम्भीर घाइते

२०७५ फाल्गुन २८,मंगलवार १४:३७

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका वडा नं. २ मा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । ५ जनाको अवस्था गम्भीर छ ।