मकवानपुरको थाहा नगरमा आँखा अस्पताल सञ्चालन

२०७५ फाल्गुन २८,मंगलवार १२:३०

मकवानपुर २८ फागुन । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ मा सामुदायिक आँखा केन्द्र अस्पताल सञ्चालनमा आएको छ ।

सामुदायिक आँखा केन्द्र, नेपाल आँखा कार्यक्रम र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौको समन्वयमा अस्पताल सञ्चालनमा आएको हो ।

अस्पताल सञ्चालनमा आएसँगै मकवानपुर उत्तरी क्षेत्रका आँखाका बिरामीलाई उपचारका लागि सहयोग पुगेको छ ।

नगरपालिका र तिलगङ्गा आँखा अस्पताल प्रतिष्ठान काठमाडौंबीच भएको सम्झौताअनुसार नगरपालिकाले दुई रोपनी १४ आना जग्गा उपलब्ध गराएपछि केन्द्रको भवनसमेत निर्माण गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए ।