राष्ट्रिय औद्योगिक व्यापार मेला : आज समापन कार्यक्रम

२०७५, २८ फाल्गुन मंगलवार ११:१३

मकवानपुर २८ फागुन । हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला आज औपचारिक कार्यक्रम गरी समापन हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको व्यापार मेला आज औपचारिक कार्यक्रम गरि समापन भए पनि भोली फागुन २९ गतेसम्म मेला हुने आयोजकले जनाएको छ ।

फागुन १६ गतेदेखि २६ गतेसम्म हुने भनिएको मेला मौसम र अन्य विविध कारणले १८ गतेदेखि २८ गतेसम्म मेला सञ्चालन हुने भनिएको थियो । सोही अनुरुप कार्यक्रम तयार गर्दा आज नै समापन कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।