राष्ट्रिय औद्योगिक व्यापार मेला : आज काउली बुढी (सन्ध्या बुढा) आउने

२०७५ फाल्गुन २७,सोमबार ११:०९

मकवानपुर २७ फागुन । हेटौंडामा शनिबारबाट सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज राष्ट्रिय कलाकार गायक कुलेन्द्र विक र काउली बुढी (सन्ध्या बुढा) आउने भएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक कुलेन्द्र विक र काउली बुढीकोे प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

मेला अवलोकन गर्न हेटौंडा बजारबाट मेला स्थानसम्म जानको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघको चोक र सिमाचोक शितलमहल चोकबाट निःशुल्क बस सेवासमेत सञ्चालन भइरहेको छ । गत फागुन १८ गतेबाट सुरु भई २८ गतेसम्म हुने भनेको मेला एक दिन थप गरेर फागुन २९ गतेसम्म हुने आयोजकले जनाएको छ ।