धेरै कलाकारको छायाङ्कन गरिएको गीत “मायाको हाटबजार” चाँडै बजारमा आउँदै

२०७५ फाल्गुन २६,आईतवार १७:१२

मकवानपुर, २६ फागुन । त्यसो त हेटौँडामा अहिले राष्ट्रिय ब्यापार मेलाको निकै ठुलो बजार लागेको छ । तर मकवानपुरे कलाकर्मी, चलचित्रका निर्मता राजेन्द्र गौतमले संभवत नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गर्दै “मायाको हाटबजार” समेत लगाएका छन् ।

उनको “मायाको हाटबजार” भने किनबेच गर्ने भने हैन । गौतमले आफ्नो गित “मायाको हाटबजार” को छायाङ्कन गर्दा हाटबजारनै लगाए । नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गरिएर छायाङ्कन गरिएको गीत “मायाको हाटबजार” अबँ चाँडै बजारमा आउँदै छ ।
गीतलाई १२ लाख रुपैँया लागत लगाएर छायाङ्न गरिएको गौतमले बताए । गितको लागि हेलिकप्टरकोसमेत प्रयोग गरिएको छ । शब्द तथा गायन गौतमकै रहेको गीतमा राम विडारीको संगित रहेको छ भने म्युजिक भिडियोमा आशिस/अनुप मानन्धरको कोरियोग्राफी हेर्न पाईन्छ ।

गीतमा सुरज योञ्जन र मोनिका लामिछानेको मुख्य अभिनय रहेको छ भने यसलाई गौतम तथा शितल शर्माले निर्माण गरेका हुन् । गितको ब्यवस्थापन कृष्णकली राजथलाले गरेकी छिन् भने विनोद भट्राईले भिडियो खिचेका हुन् ।

गितको विषयमा जानकारी दिँदै गायक तथा निर्मता गौतमले आफुले हेटौँडाबाट पहिलो पटक सबैभन्दा धेरै कोरसको प्रयोग गरि गित निर्माण गरेको बताए । गित अबको केहि समयमानै युटुव मार्फत सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।

नेपालमा म्युजिक भिडियो निर्माणमा धेरै परिश्रम नगर्ने गरेको सन्र्दभमा आफुहरले निकै मेहनत तथा श्रोत र साधनको भरपुर प्रयोग गरेर गितको तयारी पुरा गरेको बताए ।