मउवा संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला एक दिन थप

२०७५ फाल्गुन २६,आईतवार १५:५९

मकवानपुर २६ फागुन । मकवानपुर उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला एक दिन थप गरिएको छ ।

हेटौँडा उपमहानगरपालीका–५, क्याम्पा चौरमा गत फागुन १८ गतेबाट सुरु भएको मेला २८ गतेसम्म हुने भनेको मेला एक दिन थप गरेर फागुन २९ गतेसम्म हुने आयोजकले जनाएकोे छ ।

फागुन १६ बाट हुने भनिएको राष्ट्रिय औद्योगिक व्यापाक मेला प्रतिकुल मौसमको कारण मेला फागुन १८ सुरु भएको थियो । मेलामा नि:शुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवा भइरहेको छ ।