हेटौंडा आईडलमा आज ३ जना आउट

२०७५ फाल्गुन २६,आईतवार १४:३६

मकवानपुर २६ फागुन । हेटौंडा औद्योगिक मेलामा संचालन भईरहेको गायन प्रतियोगिता हेटौंडा आईडलबाट आज ३ जना बाहिरिएका छन् । शनिबार उत्कृष्ट १० जना छनौट गरेको हेटौंडा आईडलले आज उत्कृष्ट ७ जनालाई मात्रै छनौट गरेको हो ।

आयोजकका अनुसार आज कोड नम्बर १ का आशुतोश पोखरेल, कोड नम्बर २ का विनायक विडारी र कोड नम्बर ४ का सुविन विश्वकर्मा बाहिरिएका हुन् ।

आइडलको टप सेभेनमा सुसन शाह ठकुरी ७, प्रेम बैठा ९, विजय लामा १०, सुसाल तामाङ ११, दीपक कालिराज १२, भुवन घलान १४ र पारु महरा १५ पर्न सफल भएका छन् ।

आजको सिङगर अफ द डे सुसन शाह ठकुरी भएका छन् । उनले आज दाजुभाई फास्ट फुड, गुड लाइभ वेवरेज र शितल पिरक युपिभिसि तर्फबाट आर्कषण पुरस्कार प्राप्त गरेका छन् ।

जिपिएक्स रेसिङले प्रायोजन गरेको हेटौंडा आइडलमा प्रथम हुनेले नगद ३५ हजार, ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट, द्धितिय हुनेले नगद २५ हजार, ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट र तृतिय हुनेले नगद १५ हजार र ५ हजार बराबरको चन्द्रगिरी केबलकार टिकेट प्राप्त गर्ने छन् ।

प्रथम हुनेलाई मेलामा राखेका स्टलवालाहरुबाट पनि जिन्सी सामान पुरस्कारहरु रहेका छन् । आइडललाई वोन ट्राभल्सको तर्फबाट युएई (दुवै) को आउने जाने टिकटको व्यवस्था समेत गरिएको छ ।