हेटौंडाको हुप्रामा आज च्यारेटी म्याच हुँदै

२०७५ फाल्गुन २५,शनिबार ११:२८

मकवानपुर २५ फागुन । हेटौंडाको हुप्रा खेल मैदानमा आज च्यारेटी म्याच हुने भएको छ ।

मकवानपुर क्रिकेट संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा आज पारस खड्कासहितको राष्ट्रिय टोली र मकवानपुर ११ विच च्यारिटी खेल हुन लागेको हो ।

मकवानपुर क्रिकेट क्लबका सस्थापक निरज श्रेष्ठको ब्लड क्यानसर उपचारको सहयोगको लागि आज हुन लागेको च्यारेटी म्याचमा मकवानपुर विरुद्ध पारस खड्का नतृत्वको टिमले हेटौँडाको हुप्रा खेल मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

खेलबाट उठेको रकमले मकवानपुर क्रिकेट क्लबका पुर्वकप्तान निरज श्रेष्ठको उपचारमा सहयोग पु¥याउने आयोजकले जनाएको छ ।