मेक्सिकोमा सडक दुर्घटनाबाट २५ जनाको मृत्यु

२०७५ फाल्गुन २४,शुक्रबार १५:३२

एजेन्सी । मेक्सिकोको दक्षिणी क्षेत्रमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

मध्य अमेरिकी आप्रबासीहरु बोकेको ट्रक बिहीबार दुर्घटनाग्रस्त भएको हो । सो घटनामा परी अरु ३२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

छिमेकी मुुलुक ग्वाटेमालासँगको सीमा क्षेत्रमा पर्ने चियापास राज्यमा उक्त ट्रक दुर्घटनाग्रस्त भएको हो । तीव्र गतिमा रहेको उक्त ट्रक सडकमा पल्टिएको थियो ।

बिहीबार दुर्घटनामा परेको ट्रकमा झण्डै ८० जना यात्रु रहेका थिए । घटनामा परी घाइते भएकाहरुलाई उपचार गराइएको छ ।