पारस खड्कासहितको नेपाली राष्ट्रिय टिम आज हेटौंडा आउँदै

२०७५, २४ फाल्गुन शुक्रबार १३:३४

मकवानपुर २४ फागुन । पछिल्लो समय विश्व क्रिकेटमा नयाँ शक्तिको रुपमा उदय भएको पारस खड्कासहितको नेपाली राष्ट्रिय टिम आज हेटौंडा आउँने भएको छ । भोलि फागुन २५ गते हुने च्यारेटी म्याच खेल्नको लागि नेपाली राष्ट्रिय टिम आज हेटौंडा आउने भएका हुन् ।

मकवानपुर क्रिकेट क्लबका संस्थापक निरज श्रेष्ठको ब्लड क्यानसर उपचारको सहयोगको लागि हुने च्यारेटी म्याचमा मकवानपुर विरुद्ध पारस खड्का नतृत्वको टिमले हेटौँडाको हुप्र खेल मैदानमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

पछिल्लो समय विश्व क्रिकेटमा नयाँ शक्तिको रुपमा उदय भएको नेपाली राष्ट्रिय टिमले वान डे को मान्यता पाएको सफलतासंगै युएइ विरुद्ध वान डे तथा टि ट्वान्टी सिरिज जितेको नेपाली टोलीलाई हेटौंडा उपमहानगरपालीकाले आज भव्य स्वागत गर्दै नगर परिक्रमा गराउने कार्यक्रम रहेको छ ।