अवैध लागूऔषध गाँजासहित मकवानपुरका दुई महिला पक्राउ

२०७५ फाल्गुन २२,बुधबार १४:४१

मकवानपुर, २२ फागुन । जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुरबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित मकवानपुरका दुई महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका–८ बस्ने ३२ वर्षीया धनमाया बिक र सोही स्थान बस्ने १९ वर्षीया रिता बिक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चेकिङ गर्ने क्रममा आज बिहान पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट करिब ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजा फेला पारी पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।