लागुऔषध अफिमसहित मकवानपुरका एक जना पक्राउ

२०७५ फाल्गुन २१,मंगलवार १६:२८

मकवानपुर, २१ फागुन । लागुऔषध तयारी अफिमसहित प्रहरीले मकवानपुरको एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बस्ने ४९ वर्षीय भक्तबहादुर ब्लोन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक पवन कुमार झासहितको टोलीले ब्लोनको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ब्लोनलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

उनको साथबाट लागूऔषध तयारी अफिम २०० ग्राम फेला परेको बताइएको छ । उनले अपराध गरेको प्रमाणित भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम १५ वर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।