काँग्रेसको देविटारमा साधारण सदस्यता वितरण

२०७५ फाल्गुन २१,मंगलवार १३:४६

मकवानपुर, २१ फागुन । नेपाली कांग्रेस मकवानपुरले पश्चिमी क्षेत्र राक्सीराङ–८, देविटारमा मंगलबार क्रियाशिल सदस्यता एवं साधारण सदस्यता वितरण गरिएको छ ।

नेपाली कांग्रेस ८ नम्बरका वडा सभापति राजकुमार स्याङतानको सभाध्यक्षता एवं जिल्ला सचिव, राक्सीराङ गाउँपालिका संयोजक बुद्ध लामाको प्रमुख आतिथ्यतामा साधारण सभा वितरण कार्यक्रम भएको थियो ।

कार्यक्रममा ५५ जनाको क्रियाशिल वितरण तथा ३५ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकालाई साधारण सदस्यता वितरण गरिएको थियो । नवप्रवेशीलाई प्रमुख अतिथि एवं अतिथिहरुले टिका तथा खाँदा लगाएर स्वागत गरेका थिए ।

क्रियाशिल तथा साधारण सदस्यता वितरण कार्यक्रममा अतिथिहरु निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, प्रदेशसभा सदस्य सन्त चेपाङ, राक्सीराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल, उपप्रमुख निर्मला हिमडुङ, ८ नम्बर वडा अध्यक्ष राजकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष ओमराज थिङ, साविक काँकडा कार्यबहाक सभापति जयबहादुर तितुङ, राक्सीराङ गाउँपालिका सहसंयोजक बीरेन्द्र जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए ।