आउँदो बर्षबाट वृद्धभत्ता वृद्धि गर्छु : आर्थिक मामिला मन्त्री ढुङ्गेल

२०७५, २० फाल्गुन सोमबार १६:००

मकवानपुर । प्रदेश नं. ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आउँदो बर्षको बजेट नीति तथा कार्यक्रमबाट वृद्धभत्ता वृद्धि गरिने बताएका छन् ।
आज हेटौंडामा आयोजित एक कार्यक्रममा आर्थिक मामिला मन्त्री ढुङ्गेलले यस्तो बताएका हुन् ।

सोमबार हेटाँैडामा राजनीतिज्ञ एमाले नेता केदार न्यौपानेका दिब्य सेवाका गितहरु विमोचन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार वृद्धवृृद्धा तथा बालबालिकाप्रति उत्तरदायी सरकार रहेको बताएका हुन् ।

मन्त्री ढुङ्गेलले सरकारले विकास निर्माण र दीर्धकालिन महत्वको योजनाहरुमाथि काम गरिरहदाँ पनि नेपाली काङ्ग्रेसले सरकारले काम गरेन , सरकार कहाँ छ भनेर जनतामा भ्रम सिर्जना खोजेको दावी गरे ।

सजल न्यौपानेद्धारा संगीतवद्ध तथा गाईएको ६ वटा गित संग्रहीत गरिएको दिब्यसेवाका गितहरु विमोचन कार्यक्रममा मन्त्री ढुङ्गेल पार्टीले भने अनुसार, बृद्ध भत्ता वृद्धि हुने बताएका हुन् । कार्यक्रममा पुर्व संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, दिब्यसेवा निकेतनका अध्यक्ष चम्फु सिँह वाईवा लगायत उपस्थित थिए ।