नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सिराङको गाउँपरिषद सम्पन्न

२०७५ फाल्गुन १९,आईतवार १२:१७

मकवानपुर १९ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सिराङ गाउपालिकाको गाउँपरिषद शनिबार सम्पन्न भएको छ ।

शिक्षक संगठन प्रदेश नं ३ का सचिवालय सदस्य मोहन शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठन गाउँपालिका अध्यक्ष श्री बहादुर भ्लोनको अध्यक्षतामा सम्पन्न भएको हो ।

परिषदमा संगठनले सम्पन्न गरेको गत वर्षको कार्य समीक्षा एवम् आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको थियो ।

परिषद्मा शिक्षक संगठन मकवानपुरका उपाध्यक्ष किशोर बर्ताैला, सचिव पुरुषोत्तम आचार्य, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सह–कोषाध्यक्ष चन्द्रादेबी लामा बल, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपान,े राक्सिराङ ३ नं वडा अध्यक्ष बाबुलाल स्याङ्तान, नेकपा राक्सिराङ पार्टी संयोजक बनस्थम थिङलगायतको सहभागीता रहेको थियो ।