हिमाल दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न

२०७५ फाल्गुन १९,आईतवार १२:११

मकवानपुर १९ फागुन । हिमाल दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी–६ को २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमगाईको प्रमुख आतिथ्यता एवम् मकवानपुरगढी गाउँपालिका दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि कँडेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

भेलाले गत वर्षको आर्थिक तथा वार्षिक प्रगति विवरण र आगामी कार्याेजनालाई अनुमोदन गरेको हो । कोषाध्यक्ष नवराज ढुङ्गानाले लेखा प्रतिवेदन पेश गरेका थिए भने आर्थिक प्रतिवेदनमा उद्धव प्रसाद खतिवडा र बिमा प्रतिवेवदन नारायण न्यौपानेले पेश गरेका हुन् ।

संस्थाका अध्यक्ष बलराम बजगाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष टीका प्रसाद दाहाल, पूर्व उपाध्यक्ष नानीराम तिमल्सिना, टोलविकास अध्यक्ष बद्रि दाहाल, फनेन्द्र राज घिमिरेलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।