सिम्भञ्ज्याङ् र दामनमा फेरी हिमपात

२०७५ फाल्गुन १६,बिहीबार ०६:५३

मकवानपुर १६ फागुन । पर्यटकिय गन्तव्यको रुपमा परिचित मकवानपुरको थाहा नगरपालिकास्थित सिम्भञ्ज्याङ, र दामनमा फेरी हिमपात भएको छ । यसपटकको हिमपात बर्षकै सबैभन्दा बढी भएको हुनसक्ने त्यहाँका स्थानियहरुले अनुमान लगाएका छन् ।

हिमपातले दामन र सिम्भञ्ज्याङ्लाई थप मनमोहक बनाएको छ । बाटो नदेखिने गरी सेतो हिउँले ढाकोको छ । हिउँ केहीदिनसक्म रहनेभएकोले अब केहीदिनसम्म पर्यटकहरुको चहलपहल बढ्ने अपेक्षा राखिएको छ । यसपाली भने हेटौंडाबाटनै हिउँ देखिएको छ ।
यद्यपी हिमपातका कारण जनजिवनभने केही कष्टकर बनेको छ ।