भारतीय लडाकु विमान कश्मिरमा दुर्घटना, पाइलटको मृत्यु

२०७५, १५ फाल्गुन बुधबार १२:४१

एजेन्सी – भारतीय वायुसेनाको लडाकु विमान मिग २१ दुर्घटनामा पाइलटको मृत्यु भएको छ । बुधबार जम्मू कश्मीरको बडगामबाट ७ किलोमिटर टाढाको एउटा गाउँमा विमान दुर्घटना भएको हो ।

श्रीनगर विमानस्थलबाट उडान भरेको मिग २१ उडेको केहि क्षणमै खेतमा खसेको हो । उडे लगत्तै विमाल तल खसेको र खस्दा खस्दै ठूलो आवाजमा पड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भारत र पाकिस्तानबीचको तनाबको यो समयबीच २० दिनमा भारतमा ५ विमान दुर्घटना भएको छ ।

विमानमा रहेका अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको जनाइएको छ । रातोपाटीबाट