आईसीसी महिला टी–२० : नेपालसँग चीन ५ रनले पराजित

२०७५ फाल्गुन १३,सोमबार १६:२७

काठमाडौं १३ फागुन । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ ।

नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो ।

चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् । काइयुन जहोउले १८ रन बनाइन् ।
बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लिइन । त्यस्तै, कविता कुँवरले एक विकेट लिइन ।

पाँच खेलमध्ये चार खेलमा जीत, एक खेलमा हार ब्यहोरेको नेपालको ८ अंक रहेको छ । तर थाइल्यान्ड पाँच खेलमा शतप्रतिशत जीतसहित १० अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पाँचमध्ये चार खेलमा जीत र एक खेलमा हार ब्यहोर्दै ८ अंक नै बनाएको युएई नेट रनरेटको आधारमा दोस्रो स्थानमा रहेका छ भने नेपाल तेस्रो स्थानमा रहेको छ ।